असार १३, काठमाण्डौ – फाष्ट ट्रयाकमा संविधान जारी गर्न लागी परेकका प्रमुख हलहरुले नयाँ संविधानको पहिलो मस्यौदालाई अन्तिम रुप दिन आज पनि छलफल गदैछन । विवादित विषयमा मस्यौदा समितिले आज मुख्य दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछ । दलहरुबीच हिजो अबेरसम्म छलफल भएपनि अझै सहमति हुन सकेको छैन । कार्यदलले बुझाएको प्रारम्भिक मस्यौदाका केही अंश १६ बुँदे सहमति विपरीत भएको भन्दै प्रतिपक्षले असन्तुष्टि जनाएको छ । प्रस्तावना, संवैधानिक निकायमा पुनर्नियुक्ति, नागरिकता, संक्रमणकाल, संघीयतामा जाँदा जिल्ला टुक्र्याउने नटुक्र्याउने लगायतका विषयमा दलहरुबीच विवाद छ ।
आज पनि सहमति नभए प्रक्रियाबाट टुंगो लगाउने तयारी छ । मस्यौदालाई अन्तिम रुप दिएर बेलुकीसम्म संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङलाई बुझाउने समितिले जनाएको छ ।
संविधानको मस्यौदा तयार पार्न संविधानसभाले दिएको १५ दिनको समय आज सकिंदैछ ।