गोपाल बराइली
वैसाख १२,काठमाडौं –काठमाडौंको थापाथलीमा बस्ने हर्कमाया तामाङ उनी आज भन्दा ठीक आठ वर्षअघि अर्थात् २०६३ बैशाख १० गतेका दिन जानी नजानी लोकतन्त्र जिन्दावाद भन्दै सडकमा दौडिएकी थिइन् । त्यो दिन उनलाई सपना जस्तै लाग्न थालेको छ । उनी गरिव परिवारकी भए पनि त्यसबेला बनीबुतो गर्ने ठाउा नै बन्द भएपछि केही पाइएला कि भनेर उनी झण्डै एक हप्तासम्म लोकतन्त्र प्राप्तिको आन्दोलनमा लागिन् ।
जनआन्दोलन शुरु हुनअघिसम्म बनिबुतो गरेरै जीविको चलाउाथिन् । १९ दिने जनआन्दोलनपछि नेपालमा लोकतन्त्र आयो । गणतन्त्र आयो । दुई पटक संविधानसभाको निर्वाचन भयो तर उले त्यसको महसुस नै गर्न पाएकी छैनन् । अहिले त उनलाई लोकतन्त्र भनेको के हो भन्ने पनि थाहा छैन । ‘त्यतिबेला त सबै आन्दोलनमा गए, रमाइलो लागेर म नि गएको हुा’ उनले भनिन् । ‘लोकतन्त्र आएर के भो र ? काम नगरी हुन्न रहेछ’ उनले यसरी नै दु:खेसो पोखिन् ।
प्रचण्ड गर्मीको कुनै प्रवाह नगरी काठमाडौंको रातोपुलमा मकै बेच्न बसेका ६४ वर्षीय हर्कबहादुर राउत पनि जनआन्दोलनका बेला आन्दोलनमा लागेका थिए । उनले पनि त्यसबेला जिन्दाबाद र मुर्दाबादको नारा लगाएका थिए तर त्यसको आठ वर्षपछि उनलाई त्यसबेलाको सम्झना मात्र छ । उनलनई त मकै बेच् मात्र हतार मात्र छ । उनको ध्यान बाटोमा को आयो र को गयो भन्दा पनि कसरी धेरै मकै बिक्ला भन्ने चिन्ता छ उनलाई । उनले मकै बेचेर जीविकोपार्जन गर्नुपर्छ । एक दिन मात्र मकै बिक्रि भएन भने उनका परिवारले भोकै बस्नुपर्छ । छााक टार्न उनले न झरी भन्न पाएकी छन् न त, चर्काे घाम । उनलाई न परिवर्तनसाग मतलव छ न त केही होला भन्ने आस छ ।
यी त प्रतिनिधि पात्र मात्रै हुन् । कयौं जनता छन्, जो लोकतन्त्रका लागि मरिहत्ते गरेर लागे । तर आज पीडा, महंगी, अभाव, अन्धकार, हाहाकारबाहेक जनताले केही पाएका छैनन् । आठ वर्षको अवधी सीमित व्यक्तिका लागि मनपरी तन्त्र आएको छ ।
आज उनीहरुको हातमा केही छैन । लोकतन्त्र स्थापनाका लागि नेपाली जनताले १९ दिनसम्म भोक, प्यास र जिउ ज्यानको वाजी थापेर आन्दोलनमा होमिएका थिए तर लोकतन्त्र आएको आठ वर्ष लाग्दा पनि जनताले केही पाएका छैनन् । जनताका लागि त लोकतन्त्र कागलाई बेल पाक्यो हर्ष न बिष्मत झै भएको छ । जनताले न यो अवधीमा लोकतन्त्र आएको महसुस गर्न पाएका छन् न केही राहत नै पाएका छन् ।
लोकतन्त्र आएपछि ६ पटक त सरकार नै परिवर्तन भइसक्यो । वारम्वार सरकार परिवर्तन गर्ने संस्कार बसेपछि लोकतन्त्रै अफाव हो कि भन्ने भान पनि पर्न थालेको छ । मानवअधिकाकर्मी चरण प्रसाईका बिचारमा राजनीतिक दलहरुमा भएको घमण्डीपनका लागि लोकतनत्रको भविश्य नै खतरामा परेको छ । ‘जनताले राजतन्त्र फयाकेर पनि राजतन्त्रात्मक व्यवस्था र गणतन्त्रात्मक व्यवस्थामा कुनै भिन्नता पाएनन्’, उनले भने ‘यस्तै हो भने गणतन्त्र नै खोसिन सक्छ ।’
१९ दिने आन्लोलनका बेला लाखौं जनता सडकमा ओइरिएका थिए तर पछिल्ला दिनहरुमा जनतामा निरासा छाएको छ । जनआन्दोलनमा मरिहत्ते गरेर लाग्नेहरु रोजगारी र शानित सुरक्षा नपाएपछि विदेश पलायन भइसकेका छन् । जनआन्दोलनका हस्ति भनिएका एकाध व्यक्तिहरुबाहेक रामकुमारी झाक्रीदेखि रुविन गन्धर्वहरु ओझेलमा पारिएका छन् । कतिपयलाई त लोकतन्त्र शब्द सुन्न पनि मन लाग्न छाडेको छ । प्राध्यापक कृष्ण खनाल लोकतन्त्रको कुरा गरेर कार्टुन बन्नुभन्दा कुरै गर्न नचाहने बताउाछन् ।
हुन पनि लोकतन्त्र लाटाको धोती बनेको छ । लोकतन्त्रका नाममा ब्रह्मलुट गर्नेहरु सर्वेसर्वा भएका छन् । संविधान बनाउने नाममा अर्बाैको नोक्सानी गरियो । देश विदेशीहरुको प्रयोगशाला बनाइएको छ । तैपनि राजनीतिक दलका नेतृत्वहरुले अझै लोकतन्त्रको भजन गाइरहेका छन् ।