वैसाख १२,काठमाडौ –राजधानी काठमाडौं दक्षिण एसियाकै महागो सहर भएको छ । काठमाडौं भारतको मुम्बई, नयाा दिल्ली र पाकिस्तानको करााचीभन्दा पनि महागो सहर भएको एक अन्तर्राराष्ट्रिय अध्ययनले देखाएको छ ।
विश्वप्रसिद्ध इकोनोमिस्ट पत्रिकाको इन्टेलिजेन्स युनिटले सार्वजनिक गरेको विश्वव्यापी जीवनयापन खर्च प्रतिवेदन अनुसार काठमाडौं विश्वका एक सय ३१ सहरमध्ये ४४ अंकका साथ एक सय २७ औं स्थानमा रहेको छ । दक्षिण एसियाका ठूला सहर मुम्बई १३१औं, करााची १३०औं र नयाा दिल्ली १२९औं स्थानमा छन् ।
विश्वका एक सय ३१ सहरमा एक सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी सामाग्री, खाद्यन्न, यातायात, बिजुली, टेलिफोन र खानेपानीलगायतका सेवा साथै शिक्षा र स्वास्थ्यका लागि हुने खर्चको आधारमा महागा र सस्ता सहरको मापन गरिएको थियो ।
यसैगसरी प्रतिवेदनले मदिरा, चुरोटजस्ता वस्तुमा लाग्ने करलाई पनि समावेश गरी मूल्य विश्लेषण गरेर एक सय ३१ सहरको सूची तयार पारिएको हो । न्युयोर्क सहरलाई आधार मानेर एक सय पूणांकमा गरिएको अध्ययनमा सबैभन्दा महागो सिंगापुरले एक सय ३० अंक प्राप्त गरेको छ भने सबैभन्दा सस्तो सहर मुम्बईले ३९ अंक मात्र प्राप्त गरेको छ तर बढ्दो जनसंख्याको चाप भएर पनि भारतमा महागी खासै नभएको सर्वेक्षणमा देखिएको छ ।
सस्तो भए तापनि दक्षिण एसियाका सहरमा सुरक्षाको समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । उपभोग्य वस्तुको मूल्यको उतारचढावको कारण एसियाली सहरको महागी बढ्ने गरेको भन्दै प्रतिवेदनमा एसियामा संसारको सबैभन्दा महागो सहर मात्र होइन सस्ता सहर पनि भएको जनाइएको छ ।
२०१३ को सर्वेक्षणमा सिंगापुर टोकियोलाई पछि पार्दै पहिलो स्थानमा उक्लिएको हो । सर्वेक्षणले अमेरिकाको न्युयोर्क सहरको तुलनामा विश्वका अन्य सहरको उपभोग्य खर्चको तुलना गर्दै वर्षको दुईपल्ट विश्वव्यापी प्रतिवेदन सार्वजनिक गर्दछ ।
सिंगापुरपछि पेरिस दोस्रो महागो सहरको सूचीमा परेको छ भने नर्बेको ओस्लो तेस्रो स्थानमा छ । यस्तै स्विट्जरल्यान्डको जुरिच, अस्ट्रेलियाको सिड्नी, भेनेजुएलाको काराकास, स्विट्जरल्यान्डको जेनेभा, अस्ट्रेलियाको मेलबर्न, जापानको टोकियो र डेनमार्कको कोपनहेगन चौथोदेखि दसौं महागा भएका छन् ।
बलियो मुद्रा र बढ्दो यातायात खर्चले पनि विश्वका सहरको महागी बढेको प्रतिवेदनले जनाएको छ । पछिल्लो १० वर्षमा एक बोतल वाइनको मूल्य १३.२५ अमेरिकी डलरबाट २५.०४ पुगेको छ, जुन ८९ प्रतिशतको वृद्धि हो । पाउरोटीको मूल्य एक सय ५० प्रतिशतले वृद्धि भई ०.६९ डलरबाट १.७३ पुगेको छ ।
नेपाल राष्ट्र ब्यांकले आर्थिक वर्ष २०७०/७१ मा वार्षिक औसत मुद्रास्फिति दरलाई आठ प्रतिशतमा कायम राख्ने लक्ष्य परिवर्तन गरेर साढे आठ प्रतिशत बनाउादै गर्दा यो तथ्य बाहिर आएको हो ।
नेपाल राष्ट्र ब्यांकका अनुसार क्षेत्रगत आधारमा विश्लेषण गर्दा अघिल्लो वर्षको ६ महिनाको मूल्य सूचकांकको वृद्धिदर क्रमश: तराईमा ११.२ प्रतिशत, काठमाडौं उपत्यकामा ८.७ प्रतिशत र पहाडमा ९.० प्रतिशत रहेको थियो भने यस आथिर्क वर्षको ६ महिनाको अवधिमा सबैभन्दा बढी तराईमा १०.४ प्रतिशतले मूल्य सूचकांकमा वृद्धि भएको छ । काठमाडौं उपत्यकामा ९.३ प्रतिशतले र पहाडमा ९.२ प्रतिशतले वृद्धि भएको छ ।