जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारको छापा

जेठ १३,जाजरकोट – जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको छ । विभिन्न संचार माध्यममा जिविसमा आर्थिक अनियमितताको खबर सार्बजनिक भएपछि अख्तियारले छापा मारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान अयोगको क्षेत्रिय कार्यालय सुर्खेतबाट आएको टोलीले जिविसमा छापा मारेको छ । टोलीले स्थनानीय विकास अधिकारी दीर्घबहादुर पोखरेलले जनसहभागिताको मनोमानी बाँडेको ८२ लाख रकम र बिकेन्द्रिकृत ग्रामिण पूर्बाधार विकास तथा जिबिकोपार्जन सुधार (ड्रीलिप) कार्यक्रम अनतर्गत खलंगा (रिम्ना र मोर्क(बालुवा सडकको मर्मत संभार तथा स्तर उन्नती लागि सार्बजनिक निर्माण शिर्षकको ७३ लाखको गुपचुप बाँडेको कोटेशनका कागजातहरु नियन्त्रणमा लिएको छ ।
स्थानीय विकास अधिकारी पोखरेलले जनसहभागिता शिर्षकको ८२ लाख बजेट उप प्रधान तथा स्थानीय विकास मन्त्रीको आदेश भन्दै मनोमानी बाँडेका छन । त्यसैगरी केही दिनको अन्तरालमा (ड्रीलिप) कार्यक्रमको लाखौं रकम केही ब्यक्तिलाई मिलेमतोमा कोटेशन बाँडेका थिए । जनसहभागितको रकम र कोटेशन बाँडेको बिरोधमा जिविसमा तालाबन्दि गरिएको थियो । स्थानीय विकास अधिकारी पोखरेले मनपरी काम गरेको भन्दै संस्थागत भ्रष्टचार बिरुद्ध शुद्धिकरण अभियानको टोलीले जिविसमा तालाबन्दि गरेको थियो । अख्तियारको छापापछि ताला खोलिएको अभियानका संयोजक सि.पि. घर्तिले जानकारी दिएका छन ।