बैशाख ३१,रामेछाप- प्रधानमन्त्री सुशिल कोइरालाले भुकम्प प्रभावितलाई राहात र सहयोगका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भएको छ । रामेछापको सदरमुकम मन्थलीमा भुकम्प प्रभावितको अवस्था बारे बुझ्न आउनु भएका प्रधानमन्त्री कोइरालाले सो प्रतिवद्धता जनाउनु भएको हो ।
जिल्ला स्थित राजनितिक दल र सुरक्षा निकायका कर्मचारीहरुसँग भुकम्प प्रभावितको अवस्थाका बारेमा जानकारी लिए पछि कोइरालाले सो प्रतिवद्धता जनाउनु भएको हो । कार्यक्रममा बोल्दै कोइरालाले यतिबेला देशनै संकटमा परेकोले संकटको सामूहिक रुपमा सामना गर्नु पर्ने बताउनु भयो । कोइरालाले सरकारले चरणवद्ध रुपमा राहात र सहयोगका कार्यक्रम ल्याउने बताउनु भयो । उहाँले सरकारले पीडितहरुको आवश्यकताई संवोधन गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।
प्रधानमन्त्री कोइरालालाई जिल्ला स्थित राजनतिक दलका प्रमुख र स्थानीय प्रशासनले जिल्लाको अवस्थाको बारेमा जानकारी गराएका थिए । उनीहरुले भुकम्प प्रभावितहरुलाई आवासको समस्या प्रमुख समस्याको रुपमा रहेको बताएका थिए ।
प्रधानमन्त्री कोइरालासँगै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादार पनि जिल्लाको अवस्था बुभ्mन मन्थली आउनु भएको थियो ।