वैशाख १०, काठमाडौ–त्रिभुवन विश्वविद्यालयले जेठ १४ गतेका लागि घोषणा गरेको स्वतन्त्र बिद्यार्थी यूनियनको निर्वाचनप्रति १७ बिद्यार्थर्ी संगठनले असहमति जनाएका छन् । सत्तापक्षीय बिद्यार्थर्ी संगठनको मिलोमतोमा त्रिविले निर्वाचन मिति घोषणा गरेको भन्दै अनेरास्ववियु क्रान्तिकारी सहित १७ संगठनले विरोध जनाएका हुन् । उनीहरुले आज संयुक्त रुपमा त्रिवि पदाधिकारीलाई माग पत्र बुझाउादै निर्वाचन स्थगित गर्न माग गरेका हुन् । २४ घण्टाभित्र निर्वाचन स्थगित नभए निर्वाचन हुने क्याम्पसको प्रशासनमा तालाबन्दी गर्ने असन्तुष्ट संगठनहरुले चेतावनी दिएका छन् । उनीहरुले निर्वाचन प्रणाली परिवर्तनका लागि भइरहेको बहसलाई सम्बोधन गरेर मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने माग गरेका छन् । त्रिविले अघिल्लो बर्ष पनि स्ववियु चुनावको मिति घोषणा गरेर अन्तिम समयमा स्थगित गरेको थियो ।