वैशाख १०, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा जसरी पनि नया संविधान बन्ने दावि गर्नुभएको छ । प्रधानमन्त्री कोईरालाले विगतका कमी कमजोरीलाई सम्झ्दै तोकएिकै मितीमा संविधान निर्माणका लागी एकजुट भएर लाग्न सबै दलहरुलाई आग्रह पनि गर्नुभयो। निर्धारित समयमै संविधान वनाउन अव कुनैपनि शक्तिले रोक्न नसक्ने प्रधानमन्त्री केईरालाको भनाई थियो । पासाङ् ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज काठमाण्डौमा गरेको कार्यक्रममा कोइरालाले शान्ति, स्थायित्व र लोकतन्त्रको संस्थागत विकास गर्ने दायित्वलाई वर्तमान सरकारले पुरा गरिछाड्ने बताउनुभयो । उहाले विगतका कमि कमजोरलाई हटाउदै राष्ट्र निर्माणको दिशामा गतिशिल भई लाग्न दलहरुलाई सुझाव समेत दिनुभयो ।