बैशाख १२, काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल धर्मनिरपक्ष राष्ट्रभुल बस घोषणा भएको भन्दै अब बन्ने नयाँ संविधानमा धर्म निरपेक्ष शव्द नरहने बताउनु भएको छ ।
भारतिय योग गुरु स्वामी रामदेवको उपस्थितीमा चलिरहेको योग शिविरको दोस्रो दिन प्रमुख अतिथीका रुपमा उपस्थित ओलीले विगतमा सेक्युलर शव्दको अनुवाद गर्दा भूलवश धर्म निरपेक्ष शब्द रहन गएको बताउँनु भएको हो । ओलीले ‘नेपाललाई धर्म निरपेक्ष वा कुनै एक धर्म सापेक्ष मुलुक होइन सर्व धर्म सापेक्ष मुलुकका रुपमा स्थापित गर्न चहेको भन्दै विगतमा अनुवाद गर्दा गल्तिले धर्म निरपेक्ष शब्द रहन गएको र नयाँ संविधानमा सच्याउँ बताउनु भएको हो ।
अब जारी हुने संविधानमा सबै धर्म, संस्कृति, परम्परा र आस्थाप्रति समभाव रहने उल्लेख गर्ने उहाँले बताउनु भयो । कुनै धर्मलाई बढावा वा कुनैलाई हेलाहोचे नगरिने पनि उहाँको भननई छ । योग गुरु रामदेवले नेपाललाई आध्यात्मिक राष्ट्र घोषणा गर्नु उचित हुने सुझाव दिएपछि शिविरका प्रमुख अतिथी ओलीले धर्म निरपेक्ष भन्ने शब्द नराखिने बताउँनु भएको हो ।
रामदेवले नेपालले भारतको भन्दा पनि उत्कृष्ट संविधान पाओस भन्दै सबै जनताका धर्म र आस्थाको सम्मान गर्ने नेपालका नेताहरुको प्रतिबद्धतता सह्राहनीय रहेको बताऐउँनु भयो ।