स्थायी र अस्थायी न्यायाधिसको नियुक्तकालागी सिफारीसको तयारी

वैशाख ८,काठमाण्डौ – न्याय परिसदले सर्वोच्च अदालतमा स्थायी र अस्थायी न्यायाधिसको नियुक्तकालागी सिफारीसको तयारी गरेको छ । केहि दिनदेखि लगातार बैठक बसी परिषदलेउक्त विषयमा छलफल गरि रहेको छ । परिषदको बैठक आज पनि बस्ने भएको छ । आज बस्ने बैठकमा पनि सिफारीस सम्बन्धी थप छलफल हुने भएको हो । अनिवार्य अवकास पाएका पुर्व प्रधानन्यायाधिसहरुको ठाउँमा तिन स्थायी न्यायाधिस र मुद्दाको चाप बढी भएका कारण ७ अस्थायी न्यााधिस नियुक्ति सिफारीको तयारी परिषदले गर्दै आएको छ । नेपालबार एसोसिएसनले परिषदको रिक्त सदस्यामा आफ्नो प्रतिनिधि नपठाए पनि सिफारीस प्रक्रिया अघि बढ्ने परिषदले जनाएको छ । न्यायाधिस सिफारीसका लागी वरिष्ठ अधिवक्ता र पुर्व महान्याधिवक्ताको नाम सुचिमा रहेको छ ।