संघर्षरत थामी युवालाइ सम्मान गर्दै,थामी युवा संघको प्रथम बार्षिक उत्सब सम्पन्न

वैशाख ७,काठमाण्डौ – नेपाल थामी युवा संघको आयोजनामा एेतिहासिक प्रथम बार्सिक उत्सब तथ सम्मान कार्यक्रम काठमाडौ स्थित नेपाल बार एसोसिएसनको हलमासम्पन्न गरेको छ

आइृतवार आदिवासी जनजाती युवा महासघका श्रद्धेय अध्यक्ष ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मातृसस्था नेपाल थामी समाजका महासचिव सुखबिर थामी, नेपाल थामी महिला समाजका अध्यक्ष नानू थामी, नेपाल थामी समाजका निबर्तमान अध्यक्ष कबिराज थामी र थामी साहित्यकार डम्बर, नेपाल थामी विद्यार्थी संघका अध्यक्ष सपना थामी लगाएतका ब्याक्तित्वहरुको बिशिस्ट आतिथ्यतामा सयौं सहभागीका साथ सप्पन्न भएको थियो ।
जसमा महासघका अध्यक्ष पुनले थामी समाजमा रहेर विभिन्न क्षेत्रमा योगदान गर्नुहुने विशिष्ट ब्यक्तिवहरुलाइ सम्मान(पत्र सगै खदा लगाएर सम्मान गर्नु भयो साथै विभिन्न बिधामा रहि थामी समुदायको हक अधिकार र पहिचान का निम्ति अवाज बुलन्द गर्न संघर्षरत थामी गायक ,नायक,कलाकार ,पत्रकार, अगुवा आदि लाई सम्मान गरियो

IMG_0141
सो अबसरमा प्रमुख अतिथि पुनले थामी युवा हरुको क्षमता अभिबृदि गर्नका लागी कार्यक्रम विभिन्न प्याकेजमा कार्यक्रमहरु उपलब्ध गराउने आश्वासन दिनु भयो। त्यसै गरि नेपाल थामी समाजका बर्तमान महासचिवले अब अधिकारका अगाडि बढनु पर्ने औल्याए,यसै गरि कार्यक्रममा नेपाल थामी महिला समाजका अध्यक्ष नानू थामिले अब थामी महिला हरु पनि सचेत भइसकेको र अधिकारका लागि सामुहिक आवाज उठाउनु पर्ने कुरा व्यक्त गर्नु भयो । त्यसै गरि थामी समाजका पुर्व अध्यक्षद्वय कबिराज थामीले अब अधिकार माग्दा खाका सहितको माग अगाडि सारेर राज्यसग समान अधिकारको माग गर्नु पर्ने बताए।यसैलाई समर्थन जनाउदै सबै वक्ताहरुले एकजुट हुनु पर्ने औल्याए अध्यक्ष बिकेस थामिको सभापतित्वमा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिदै समापन गर्नु भयो।

bikesh thami