वैशाख ७,काठमाण्डौ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) पुगेको तीन दिन भित्र सर्वसाधारणलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।
जिल्लामा सर्वसाधारणले समयमै पासपोर्ट नपाएको गुनासो आउन थालेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले त्यस्तो निर्देशन दिएको हो ।
प्रधानमन्त्री कार्यालयले जिल्लामा पुगेको राहदानी समयमा वितरण नभए कारबाही गर्ने चेतावनीसमेत जिल्ला प्रशासन कार्यालयहरूलार्य दिएको छ । जिल्लामा पुगेर पनि पासपोर्ट समयमै वितरण नभएको गुनासो धेरै आएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको हो ।