युवतीलाई जिस्क्याएको निहुँमा हत्या गर्ने पक्राउ

वैशाख ७,काठमाण्डौ – पसलमा सामान किन्दै गरेका युवतीलाई जिस्क्याएको आरोपमा राजधानीमा एक युवकको ज्यान लिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

गत मंसिर २७ गते काठमाडौंको गंगाहिटीमा १९ वर्षीय आयूष गोर्खालीको हत्या गर्नेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । पर्सा ठोरीका २९ वर्षीय राजेन्द्र भन्ने भेषबहादुर पाण्डेलाई काभ्रेको दोलालघाटबाट पक्राउ गरेको हो ।
महाशाखाका अनुसार मंसिर २७ गते साँझ चाबहिल गंगाहिटी चोकको पसलमा सामान किन्न आएका दुई युवतीलाई पाण्डे र उनका दुई साथीले जिस्क्याउन थालेका थिए । आयुष गोर्खाली र उनका साथीले पाण्डेको समुहलाई केटीलाई जिस्क्याएको बिषयमा विवाद गरेका थिए ।