काँग्रेस–एमालेले संघीयताबाहेकका विषयमा प्रक्रिया अघि बढाउने

वैशाख ७,काठमाण्डौ – प्रमुख सत्तारूढ दल कांग्रेस र एमालेले केही दिनभित्रै सहमति नभए संघीयताबाहेक यसअघि समझदारी भइसकेका विषय समेटेर संविधानको पहिलो मस्यौदा तयार गर्ने प्रक्रिया अघि बढाउने भएका छन् ।

आउँदो संविधानसभाको बैठकअगावै सहमति गर्न अधिकतम पहल गर्ने र त्यतिन्जेल पनि कुरा नमिले प्रक्रिया अघि बढाउने निष्कर्षमा दुई दल पुगेका हुन् ।
दुई दलको बालुवाटारमा आइतबार बसेको बैठकले संघीयतामा सहमति जुटाउन छलफल जारी राख्दै संविधानसभाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । मिलेका विषयको मस्यौदा तयार गरुन्जेल संघीयताको विवादमाथिको छलफल जारी राख्ने निर्णयसमेत ती दलले गरेका छन् । संविधानसभाको बैठक आउँदो बिहीबार बस्दैछ ।