वैसाख १०,काठमाडौ–व्यवस्थापिका संसद् अन्तर्गतको राज्यव्यवस्था समिति बैठक बस्ने भएको छ । पहिलोपटक बस्न लागेको बैठकका महत्वपुर्ण एजेण्डा नभएपनि परिचयात्मक कार्यक्रम, आगामी कार्यदिशा लगायतका विषयमा छलफल हुने भएको छ । बैठक दिउसो ३ बजे बोलाइएको समितिका सचिव एवम् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । बैठकको अध्यक्षता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुने भएको छ ।