वैसाख ९, एजेन्सी–सिरियामा भएको हवाई हमलामा ४८ जनाको मृत्यु भएको छ । राजधानी दमास्कसको उत्तर पश्चिम क्षेत्रका एलेप्पो र बाईदिन सहरमा सरकारी सेनाले गरेको हमलामा अन्य थुप्रै व्यक्ती घाईते भएको सिरियन अब्जरभेटरी फर ह्युमन राईट्सले जनाएको छ । हमलामा महिला तथा बालबालिकासमेत परेका छन् । सरकारी सेनाले गरेको हमलामा एलेप्पोमा २९ जना, बाईदीनमा १४ जना, तलजाबीन गाउामा ५ जना तथा दमास्कसमा २ जनाको मृत्यु भएको मानव अधिकारबादीहरुले जनाएका छन् । सरकारी अधिकारीहरुले भने उक्त हमला आतंककारीहरुले गरेको दावी गरेको छ ।