जाजरकोटमा फैलिएको सिजनल फ्लुबाट स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज नै बिरामी

बैशाख २,जाजरकोट – जाजरकोटको विभिन्न गाविसमा फैलिएको सिजनल फ्लुबाट स्थानीय पैक स्वास्थ्य चौकीका इन्चार्ज रामकृष्ण गिरी बिरामी पर्नुभएको छ ।
उहाँलाई थप उपचाका लागि सदरमुकाम खलंगास्थित जिल्ला अस्पताल ल्याउने कार्य भैरहेको रेडक्रस सोसाइटीका गाविस संयोजक हेमन्त रावलले जानकारी दिनुभयो । हिजोदेखि पैक गाविसमा बिरामीको संख्या भने घटेको छ ।
जिल्लामा महामारी नै फैलिन थालेको भन्दै आज जिल्ला प्रकोप पूर्व तयारी समितिको बैठक बस्ने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेतले जानकारी दिनुभयो ।
यस्तै केही दिन अघि मृत्यु भएका केहीमा स्वाइन फ्लुको संक्रमण देखिएपछि स्थानीयमा त्रास फैलिएको छ । आज पनि बिहानैदेखि विभिन्न गाविसका उच्चच क्षेत्रमा सिमसिमे पानी परिरहेकाले संक्रमण बढ्न सक्ने स्वास्थ्कर्मीहरुले बताएका छन् ।
सरकारको लापरवाहीका कारण यो रोगबाट अहिलेसम्म जाजरकोटमा १६ जनाले ज्यान गुमाइसकेका छन् । सयौमा संक्रमण देखिएपछि उपचार चलिरहेको छ।