काङग्रेस र एमालेबीच वार्ता हुँदै, संयुक्त बैठक बोलाउनेबारे छलफल हुने

चैत्र २६,काठमाडौ- दुई सत्तारुढ दल नेपाली काङग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेता सहभागी हुनेछन् । हिजो प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीका नेताहरुसंग छलफल गर्नुभएका प्रधानमन्त्री सुशील कोइरालाले आज एमालेसंग छलफल गरेर संयुक्त बैठक आह्वान गर्ने तयारी गर्नुभएको छ ।

सोमबार बस्ने संविधानसभा बैठक अघि नै सहमति जुटाउने प्रयासका लागि एकीकृत माओवादीले प्रधानमन्त्रीलाई नै अग्रसर हुन हिजो आग्रह गरेको थियो । त्यसै अनुसार सत्ता साझेदार एमालेसंग परामर्श गरेपछि मुख्य सबै दल एकै ठाउँमा बसेर छलफलको वातावरण बनाउने गरी प्रधानमन्त्रीले छलफल गर्न थाल्नु भएको काङग्रेस प्रवत्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनभुयो ।
दुईपक्षीय छलफल भईसकेपछि आजै मुख्य चार शक्तिबीच साझा छलफल पनि हुन सक्ने बडुको भनाई छ ।