तीसदलीय मोर्चाको बन्द खुल्यो …

चैत्र २४, काठमाण्डौ- तीसदलीय मोर्चाको आमहडतालको पहिलो दिनको कार्यक्रम अहिले पाँच बजेबाट फिर्ता भएको छ । आम हडताल विहन ५ बजे शुरुभई साँझ पाँच बजेबाट फिर्ता हुने तीस दलीय मोर्चाले जनाउको छ । मोर्चाले गरेको तीन दिने आम हड्तालको पहिलो दिन आज काठमाडौ लगायत देशका विभिन्न भागमा झडप, आगजानी र तोडफोडका घटनाहरु ब्यापक रुपमा देखिएका छन् ।

काठमाडौंको बिजुलीबजार क्षेत्रमा दिनैभरी जसो तनाबपूर्ण रह्यो । बन्दकर्ताहरुले निषेशधित क्षेत्र शुरु हुने सो क्षेत्रमा नाराबाजीकासाथ प्रदर्शन गर्नेक्रममा बेला बेलामा प्रहरी संग दोहोरो झडप भएका छन् । एक मोटरसाइकलमा आगजनी भएको पछि विहानैदेखि तनाव भइरहेको सो क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरी भ्यानलाई अवरोध गर्ने क्रममा दोहोरो झडप भएको हो । झडपका क्रममा एक दर्जन आन्दोलनकारी घाइते भएका छन् ।
प्रहरी भ्यान बिभिन्न ठाउँबाट पक्राउ परेका बन्दकर्ताहरु ल्याएर आइरहेको बेला प्रदर्शनकारीहरुले भ्यान भित्रका साथीहरुलाई छुटाउनका लागि प्रयास गर्ने क्रममा झडप भएको हो । झडप नियन्त्रणका लागि केही सेल अश्रु ग्यास समेत प्रहार भएको थियो । प्रहरीले लाठी र आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए । सो स्थानमा प्रदर्शनको नेतृत्व एमओवादी नेताहरु अग्नी सापकोटा र हिसिला यमीले गर्नुभएको थियो । बिजुली बजार क्षेत्रमा दिउसो पनि प्रदर्शनकारीहरुले एक मोटरसाइकल जलाएका छन् ।
यस्तै बन्दकर्ताले आज विहानै कोटेश्वर बालकुमारीमा बा १ ज १८७७ नम्बरको ट्याक्सी जलाएका छन् । काठमाडौं उपत्यका बाहिर पनि बन्दले गर्दा जनजीवन प्रभावित भएको छ । पाल्पामा बन्दकर्ताले ८ वटा मोटरसाइकलमा तोडफोड गरेका छन् ।
बन्दकर्ताले सदमुकाम तानसेनका विभिन्न स्थानमा बन्दमा चलाएको भन्दै मोटसाइकलमा तोडफोड गरेका हुन् । यस्तै सप्तरीमा पनि बन्दकर्ताले मोटरसाइकल तोडफोड गरेका छन् । बन्दकर्ताले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको स १ ब ३५५ नम्वरको मोटरसाइकलमा तोडफोड गरेका हुन् । विराटनगरमा पेट्रोलियम पद्धार्थ बोक्ने ट्यांकरमा तोडफोड गरेका छन् । बन्द अबज्ञा गरेको भन्दै बन्दर्काले ट्यांकरमा आक्रमण गरेका हुन । बन्दका कारण आज देशभरका जनजीवन पनि प्रभावित भएको छ ।