संविधान ल्याउन बन्द : उपेन्द्र यादव

चैत्र २४,विराटनगर – मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सहमतिमा संविधान आउने ग्यारेन्टी भए आन्दोलन रोकिने बताएका छन् ।

उनले सत्ता पक्षले बिगतका सहमतिको कार्यन्वयन गर्न कांग्रेस एमाले तयार भए आन्दोलन रोकिने बताएका हुन् ।
आफ्नै निवास बिराटनगरमा मंगलबार पत्रकारहरुसँगको छलफलमा यदवले सत्तापक्षले आफूहरुलाइृ पेलेर जान खोजेकोले समस्या उत्पन्न भएको बताए ।
उनले कांग्रेस एमालले बिगतमा भएका सहमति लत्याउदै हिडेको भन्दै यादवले त्यसको कार्यन्वयमा जोड दिए ।
उनले आन्दोलन आफुहरुको रहर नभइ वाध्यता भएको दावी गरे । उनले आन्दोलनले निकास ननिस्केपनि सत्तारुडदलहरुलाई सहमतिको दवाव हुने तर्क गरे ।