चैत्र २२ , काठमाडौं- राप्रपा नेपालले एकीकृत नेकपा माओवादी र मधेशवादी दललाई बाहिर राखेर बनाइएको संविधान टिकाउ नहुने भन्दै वहुमतीय प्रक्रिया अगाडि नबढाउन माग गरेको छ ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर संविधानसभा, गणतन्त्र, धर्म्निरपेक्षता र संघीयता एमाओवादी र मधेशवादी दलको आन्दोलनको उपज भएको भन्दै ती दलको सहभागिता विना संविधान निर्माणको काम अगाडि बढाउन नहुने बताउनुभयो ।नेपाली कांग्रेस र नेकपा एमालेले संघीयताको विषय थाँती राखी बाँकि विषय वहुमतीय प्रक्रियाबाट टुंगो लगाउने निर्णय गरेको भोलिपल्ट संविधानसभाको चौथो शक्ति राप्रपा नेपालका अध्यक्ष थापाले जर्बजस्ती प्रक्रियामा गए द्वन्द्व चकिर्के चेतावनी दिनुभयो ।
अध्यक्ष थापाले वहुमतीय प्रक्रिया अगाडि बढाउनुको साटो संविधानसभामा रहेका सबै दलको सर्वदलीय बैठक बोलाएर संविधान निर्माणको नयाँ कार्यतालिका बनाइनुपर्ने बताउनुभयो ।उहाँले संविधानका अन्र्तवस्तुमा सहमतिका लागि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई एक साताको म्याद दिन सुझावसमेत दिनुभयो । राप्रपा नेपालले प्रधानमन्त्री कोइरालासमक्ष हिन्दुराज्य र संवैधानिक राजसंस्थाको पक्षमा तथा गणतन्त्र र धर्म्निरपेक्षताको विपक्षमा प्रश्न उठाउन नदिए संविधानसभाको चैत २३ गतेको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।