वैसाख ७, एजेन्सी–लेबनानमा मात्र सिरियाका कम्तीमा पनि दश लाख शरणार्थी रहेको पाइएको छ । सिरियामा जारी द्वन्द्वको कारण ती शरणार्थी लेबनान पुगेका हुन् । द्वन्द्वका कारण आफ्नो देश छोडेर भागेका ती शरणार्थीको अवस्था नाजुक रहेको पाइएको पनि अधिकारीहरुले जनाएका छन् । संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले हालैमात्र दिएको जानकारीअनुसार शरणार्थीमध्ये आधाजति बालबालिका रहेका छन् । सिरियामा गत तीन वर्षयता जारी द्वन्द्वमा परी एक लाख ५० हजार व्यक्तिको मृत्यु भइसकेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।