चैत्र १८,काठमाडौ- नयाँ बन्ने संविधानका विवादित विषयमा सहमतिका लागि दलहरु छलफलबाट टाढिदै गएका छन् । काङ्ग्रेस,एमाले लगायतका सत्ताधारी दल एमाओवादी नेतृत्वको विपक्षी मोर्चा सहमतिको नाममा समय कटाउने दाउमा रहेको शङ्कामा छन् भने विपक्षी मोर्चाले सत्ताधारी दल वार्ताका नाउमा प्रक्रिया सुरु गर्ने रणनीतिमा रहेको निष्कर्ष निकालेको छ ।
सहमतिको वातावरण निर्माणभन्दा पनि एकअर्कालाई गलाउने रणनीति दुवै पक्षले अङ्गाल्न थालेका छन् । दोस्रो तहका नेतामार्फत अनौपचारिक छलफल जारी रहने भए पनि प्रधानमन्त्रीको विपक्षी दलसँग भरेभोलि वार्ता गर्ने योजना नरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिनुभयो । विपक्षी मोर्चाले पनि बहुमतीय प्रक्रिया रोक्ने प्रतिबद्धता नआएसम्म सत्ताधारी दलसँग वार्ता नगर्ने निष्कर्ष निकालेको छ । दलह?बीचको सहमतिको प्रयास बिफल हुँदै गएपछि संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक यही चैत २३ गतेका लागि बोलाइसक्नु भएको छ ।
सभाध्यक्ष नेम्वाङले दलह?लाई सहमति गर्न दवाव पुगोस् भनेरै बैठक बोलाएको बताउँदै आउनु भएको छ । विपक्षी मोर्चाले भने वार्ता जारी रहेका बेला संविधानसभाको बैठक बोलाइएकोभन्दै सत्ताधारी दलले बहुमतीय प्रक्रियामा जाने षड्यन्त्र सु? भएकोभन्दै सहमतिका लागि दवाव दिन आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ । काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले विपक्षी मोर्चाले सहमति गर्न नचाहेका कारण उनीह?ले आन्दोलन नरोक्ने अडान लिएको बताउनुभयो । विपक्षी मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूह? सहमतिको पक्षमा भएका कारण सत्ताधारी दललाई दवाव दिन आन्दोलन गर्न बाध्य भएको दावी गर्नुभयो ।