वैसाख ७, कञ्चनपुर–कञ्चनपुरको भीमदत्तनगरपालिका–१० तिलकेनीमा रहेको शान्ति समुदायिक वनमा वनमाराका कारण रूख सुक्न थालेका छन् । सामुदायिक वनको आधाभन्दा बढी क्षेत्रमा वनमाराका कारण रूख सुकेका छन् । वनमारा हटाउन सामुदायिक वनले २५ हजार रुपैयाा बजेट विनियोजन गरी वनका उपभोक्ताहरुलाई परिचालन गर्ने निर्णय गरेको छ । हल्दु, सखुवा, कोइराला र सिसौ प्रजातिका रूखलाई वनमाराले बढी क्षति पुर्याएको उपभोक्ताहरुले बताएका छन् ।