कंगारु एजुकेशन फाउण्डेशनकोे अर्को सफलता, काठमाण्डौको चाबहिलमा नयाँ शाखा

  • शोभराज बराल

चैत्र १४, काठमाण्डौ –  सन् २००१ मा पुतलीसडकको पद्मोदय मोडमा स्थापना भएको कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो पाँचौ शाखा चाबहिलमा विस्तार गरेका छ । पोखरा, चितवन र विर्तामोडको व्यावसायीक सफलता पछि नयाँ शाखाको रुपमा चावहिलको एल.जि स्वरुम भवनको दोश्रो तलाबाट आफ्नो सेवा सुचारु भएको हो ।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्वन्धि कार्यमा पहिलो पंतिमा आउने कंगारु एजुकेशनले देशका विभिन्न शहरहरुका साथै विदेशमा समेत सम्पर्क कार्यालय स्थापना गरि शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्वन्धि कार्य सञ्चालन गर्दै आएको छ । कंगारु एजुकेशन फाउण्डेशनले डेस्टिनेशन फाउण्डेशन नामक साझेदार संथा मार्फत आफ्नो सेवा विस्तार गरेको जनाएको छ ।
अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरीका, आएर ल्याण्ड, लगाएत यूरोपेली मुलुकहरुमा उच्च शिक्षा अध्यनको लागी विद्यार्थीलाई पठाउँदै आएको छ भने क्यानडामा बसाई सराई सम्बन्धी काम गर्दै आएको छ कंगारु एजुकेशन फाउन्डेशनले । टेष्ट प्रिपिरेसनमा आएल्स, पिटीइ र सिएइका कक्षाहरु पनि संचालीत छन् कंगारु एजुकेशन फाउन्डेशनमा ।
देशका नाम चलेका शहरहरुमा च्याउसरी खोलिएका शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरुको सेवाको गुणस्तरीयता, पारदर्शीता एवम् विश्वसनियतामा प्रश्न चिन्ह खडा भएको अवस्थामा आफुले चावहिल क्षेत्रका विद्यार्थीलाई सहि परामर्श दिन नयाँ शाखा खोलेको कंगारु एजुकेशन फाउन्डेशनका प्रबन्ध निर्देशक महेशबावु तिमल्सिनाको भनाई छ । नेपालका शैक्षिक परामर्श दातृ संस्थाहरुको छाता संगठनको रुपमा कृयाशिल नेपाल शैक्षिक परामर्श संघ इक्यानका केन्द्रिय महासचिव तिमल्सिनाले आफ्नो कम्पनी र सम्वद्ध सवै निकायहरुले इक्यानको आचार संहिताको पूर्ण कार्यान्वयनकासाथ व्यवसायीक मर्यादाको पालना गर्दै गुणस्तरीय सेवाको प्रत्याभुती दिने विश्वास दिलाएका छन् ।