युरोकपको छनौट खेल अन्तरगत रसिया र मोन्टेनेग्रोबीचको खेल बीचमै रोकियो

चैत्र १४, काठमाण्डौ— युरोकपको छनौट खेल अन्तरगत रसिया र मोन्टेनेग्रोबीचको खेल बीचमै रोकिएको छ । दुई टिमका खेलाडी र अफिसियलबीच दोश्रो हाफमा विवाद भएपछि जर्मनीका रेफ्रीले खेल स्थगित गरेको हुन्  । मोन्टेनेग्रोमा भएको यो खेलको सुरुमा नै रसियाका गोलकिपर इगोर एकिनफेभमाथि आक्रमण भएको थियो । गोलपोष्टमा उभिइरहेका बेला पछाडीबाट उनीमाथि आक्रमण भएको थियो । त्यसपछि घाइते भएका उनलाई अस्पतालमा लगिएको थियो । उनको घाँटीमा चोट लागेको र अवस्था सामन्य रहेको चिकित्सकहरुले बताएका छन् । गोल रक्षक घाइतेभएपछि निर्धातिर समयभन्दा ३५ मिनेछ ढिलो गरी सुरु भएको खेलका क्रममा दुई टिमका खेलाडीले झगडा गरेपछि खेल स्थगित गरिएको हो ।