आज चैते दशै, देशै भरि मनाईदै

चैत्र १३ , काठमाण्डौं— आज चैते दशै, दुर्गा भवानीको पुजा आरधना गरेर यो पर्व मनाईंदै छ । चैते दशैं परेकाले आज विहानै देखि उपत्यकाका विभिन्न शक्ति पिठ तथा भगवती मन्दिरहरुमा श्रद्धालुहरुको भिड लागेको छ ।

वर्षमा दुईपटक चैत र अशोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ । अशोजमा मनाइने बडादसैं भन्दा कम महत्वको मानिएपनि आज चतै दसैंको दिन पनि देवीको मन्दिरहरुमा बली दिने र पूजा आराधना गर्ने गरिन्छ । भनिन्छ तन,मन ,धनले दुर्गा भवानीर्को पूजा गरे मनको इच्छा पुरा हुनुका साथै दुःख ,कष्ट नष्ट हुने गर्दछ । चैते दसैंको दिन काठमाडौंका दक्षिणकाली, शोभाभगवती, गुह्येश्वरी, नक्शाल भगवती, संकटा, कालिकास्थान लगायत शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । चैते दशैको अवसरमा आज जनकपुरका राजदेवी मंदिरमा पनि विहानै देखि भक्तजनको भीड लागेको छ ।