१४२ यात्रु सहित उडेको बिमान दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका

चैत १०, काठमाडौं – फ्रान्सबाट स्पेनको वार्सिलोनाको लागि उडेको बिमान दुर्घटनाग्रस्त भएको छ । ए ३ २० बिमान १४२ यात्रु सहित डसेलडोर्फबाट उडेको एफपीले जनाएको छ । एफपीका अनुसार विमानमा चालकदलका ६ सदस्य रहेका थिए । यसैबिच फ्रेन्च प्रधानमन्त्री मेनुअल भल्सले आफुलाई दुर्घटनाका विषयमा जानकारी भए पनि कारणका विषयमा भने आफु अनभिज्ञ भएको उल्लेख गरेका छन् । दक्षिणी फ्रान्सको जिन्योमा दुर्घटनामा परेको विमानका सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ ।