एउटा फूलको मुल्य डेढ लाख ?

चैत ९, काठमाडौं -फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा जारी १८ औं फ्लोरा एक्सपो २०१५ को दुई दिनमै २३ लाखको फुल तथा पुष्पजन्य बस्तुको कारोबार भएको छ । शनिबार देखि शुरु मेलाको पहिलो दिनमै १५ लाखको कारोबार भएको तथा दुइ दिनमा ३० हजार बढी अबलोकनकर्ताहरुले मेलामा प्रबेश गरेको बताइएको छ । अबलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको यो मेलामा १५ रुपैयाँ पर्ने फूल देखि १ लाख ५० हजार रुपैयाँ पर्ने बन्साइको समेत कारोबार भइरहेको छ । मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा बिभिन्न किसिमका मलको विक्री कक्ष रहेका छन् ।