चैत्र ८, काठमाण्डौ—आज विश्व पानी दिवस, नेपालमा पनि मनाईदैछ । पानी सम्पूर्ण मानव लगायत प्राणीको जीवन रक्षाको लागि महत्वपूर्ण तत्व भएका कारण यसलाई संरक्षण गर्ने चेतना अभिवृद्धि गर्नका लागि सन् १९९३ मार्च २२ देखि प्रत्येक बर्ष पानी दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा पानी संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले पानीका मुहान र जलधार क्षेत्रको संरक्षण गर्ने विषयमा चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । ब्राजिलपछिको जलसम्पदामा विश्वकै धनी देश नेपाल भएपनि वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्न थालेका छन् ।