कांग्रेसको कार्यकर्ता देखि राष्ट्र बैंकको गभर्नरसम्म डा. चिरञ्जीवी नेपाल

गभर्नर डा चिरञ्जीवी नेपालले सपनामा पनि सोचेकै थिएनन् यति छिट्टै मुलुकको गर्भनर बनिन्छ भन्ने कुरा । तर निरन्तर संघर्ष र लगावका कारण सुन्दर सपना विपना बन्नलाई सम्भव छ भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन् डा नेपाल । चैत ५ गते बसेको मन्त्रीपरिदको बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका डा नेपाललाई राष्ट्र बैँकको गर्भनरमा नियुक्त गरसँगै आफुमा थप जिम्बेवारी र दायित्व थपीएको उनी बताउँछन् ।

राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा नेपाल पाल्पाको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् । सानै देखि नेपाली कांग्रेसको कार्यकर्ता रहेका नेपालको राजनीतिक इतिहास कोट्याउदा उनी २०३६ सालमा पाल्पा जिल्लाको नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बन्न पुगे । हाल ललितपुरको कुसुन्तीमा घर बनाएका नेपाल पाल्पा, भैरहवा हँदै काठमाडौँ बसाइँ सरेका हुन् ।

डा नेपालले भारतको बनारस हिन्दू विश्वविद्यालयबाट सन् १९ ९४ मा सूक्ष्म अर्थशास्त्र अर्थात् ‘म्याक्रो इकोनोमिक्स’मा विद्यावारिधि उपाधि हासिल गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा २५ वर्ष बढी र काठमाडौँ विश्वविद्यालयमा ६ वर्ष अध्यापन समेत गराएका । नेपाल नेपाल उद्योग वाणीज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शमा र नेपाल उद्योग परिसंघमा जस्ता विभिन्न संस्थामा सल्लाहकारको रुपमा जिम्मेवारी निर्वाह गरेका व्यक्ति हुन । नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत भइसेका छन् । खुला बजार अर्थतन्त्रका पक्षपाती नेपालले सेयर बजार सुधारका लागि विभिन्न पहल समेत गर्दै आएका थिए ।

नेपाली कांग्रेस सँगको निकटताकै कारण कांग्रेस नेतृ सुजाता कोइरालाका परराष्ट्रमन्त्री बन्दा सल्लाहकार बनेका नेपाल पछिल्लो समय प्रधानमन्त्री सुशील कोइरालाको आथिर्क सल्लाहकार बनेका थिए । अध्ययन सकेपछि उनी वीपीको आथिर्क नीतिभन्दा पनि डा। महतले अघि सारेको आथिर्क नीतिको वकालतमा बढी सक्रिय छन् ।

डा नेपाल खुल्ला बजार अर्थतन्त्रका कट्टर पक्षपाती हुन् । डा। नेपालसँग परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको सल्लाहकार भएर काम गरेको अनुभव, उद्योग वाणीज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शमा र नेपाल उद्योग परिसंघमा सल्लाहकार एवं परामर्शदाताका रुपमा काम गरेको अनुभव पनि छ । उनी आगामी ५ बर्षका लागी सरकारको आर्थिक सल्लाहाकारका रुपमा समेत रहनेछन् ।