वैसाख ४, काठमाडौ–सरकारले नेपाल आयल निगमलाई साढे दुई अर्ब ऋण दिने भएको छ । इन्धन आपुर्ति सहज बनाउन भन्दै नागरिक लगानी कोष र कर्मचारी संचय कोषमार्फत सरकारले आयल निगमलाई ऋण दिन लागेको हो । आयल निगमले आपूर्त िसहज बनाउन ५ अर्ब रुपैयाा अनुदान मागेको थियो । निगमले रकम भुक्तानी गर्न नसकेपछि इन्डियन आयल कर्पोरेशन आईओसीले ३० प्रतिशतसम्म आपुर्ति कटौती गरेको थियो । पेट्रोलियम पदार्थको अध्ययन गर्न गठित संसदीय समितिको निर्देशन, बजारमा इन्धन अभावको अबस्था र निगमको मागलाई ख्याल गर्दै ऋण दिन लागिएको हो । आयल निगमले ऋणबापत प्राप्त रकम भारतीय आयल निगमलाई तिरेपछि आपूर्ति केही सहज हुने बताइएको छ ।