चैत १, काठमाडौं- नेपाल वायुसेवा निगमका महाप्रबन्धक मदन खरेलले राजिनामा दिएका छन् । महाप्रबन्धक खरेलले निगममा काम गर्न सहज वातावरण नभएको भन्दै नेपाल पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेर राजिनामा दिएका हुन् ।
खरेललाई काम गर्नका लागि निगमै वरिष्ठ अधिकारीहरुले नै असहयोग गरेकाले राजिनामा दिएको स्रोतले जनाएको छ ।
उच्चस्तरीय संस्थान समन्वय बोर्डबाट प्रतिस्पर्धाको आधारमा छानिएका खरेलको प्रयासमा निगमले अघिल्लो महिना नयाँ एयरबस ल्याएपनि अहिले समस्या आएर थन्किएको छ । खरेललाई राजनीतिक नियुक्ति पाएका निगमका अध्यक्ष एमाले बरिष्ठ नेता झलनाथ खनालका आफन्त शिवशरण न्यौपाने असहयोग गरिरहेकाले राजिनामा दिएको उच्च स्रोतको दावी छ ।