चैत १, काठमाडौं- पश्चिमी वायुको प्रभावका कारण आज देशभर मौसम बदली भई पश्चिमी भेगमा वर्षा तथा उच्च हिमाली भेगमा हिमपात भएको छ ।पश्चिमी वायुको प्रभाव र अरब सागरबाट पनि जलवाष्पको सम्मिश्रण भई मौसम बदली भएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसको असर तीन दिनसम्म रहने छ र मङ्गलबारदेखि मात्र मौसममा सुधार आउने छ । आज राति वा भोलि बिहानसम्म काठमाडौँमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।देशका पश्चिमी भेगका डडेल्धुरा, दिपायल, जुम्ला, पोखरा, भैरहवालगायतका स्थानमा वर्षा भएको छ । सबैभन्दा बढी पोखरामा ३३.१ र सबैभन्दा कम भैरहवामा ०.२ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।