वैशाख २,प्यूठान–नेकपा–माओवादीको अध्यक्ष मोहन वैद्यले गोरखा फुजेल प्रकरणका आरोपित १३ जनालगायतका विभिन्न व्यक्तिहरु समाएर जेल हाल्ने कामलाई तत्काल रोक्न माग गर्नुभयो । नेकपा–माओवादी प्यूठानको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै अध्यक्ष वैद्यले द्वन्द्वका घटनालाई उठाएर क्रान्तिका उपलब्धिलाई मास्ने काम सुरु भएको बताउनुभयो ।सरकारले चलाएको मुद्दा फिर्ता नलिए आफूहरूले समेत युद्धकालीन समयमा जस्तै छुट्टै जनसत्ता स्थापना गर्दै जाने उहाँले चेतावनी दिनुभयो । देशलाई निकास दिन संविधानसभा बाहिर रहेका दलहरूसहितको सर्वपक्षीय राजनीतिक सभा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।