फागुन २४,काठमाडौँ -सप्तरीको कञ्चनरुप नगरपालिका–५ स्थित बजारको एक हार्डवेयर पसलमा अचानक गएराति भीषण आगलागी हुँदा करिब रु एक करोड मूल्यबराबरको धनमाल जलेर
नष्ट भएको छ ।
विद्युत् चुहिएर स्थानीय शालिग्राम रोनियारको दोस्रो तलामा रहेको हार्डवेयर पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट हार्डवेयर पसलसहित लगाउने रङ्ग, विद्युत् तार र अन्य हार्डवेयरका सामर्गीसमेत जलेर नष्ट भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी प्रहरी र राजविराजबाट गएको वारुण यन्त्रले नियन्त्रणमा लिएको थियो ।