फागुन २३, म्याग्दी – नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले आगामी जेठ १५ गते नयाँ संविधान जारी हुने ठोकुवा गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल म्याग्दी शाखाले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भुसालले विपक्षी दलहरुसँग सुरु भएको वार्ता सकारात्मक बन्दै गएकाले अधिकतम सहमतिमा संविधान जारी हुने बताउनुभयो ।
जेठ १५ गते गणतन्त्र स्थापना दिवसको अवसर पारेर संविधान जारी गर्ने विषयमा छलफल चलिरहेको भन्दै नेता भुसालले संविधान निर्माणका लागि अब नेपाली काँग्रेसले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने जरुरी छ भन्नुभयो ।