फागुन २२, काठमाडौ -दिल्ली भ्रमणमा रहेका एमाओवादी नेता बाबुराम भट्टराई दिल्ली काठमाडौंको उडान अनिश्चित भएपछि लखनउ हुँदै रुपडिया नाकाबाट नेपालगंज हुँदै काठमाडौं आइपुग्ने भएका छन् । काठमाडौं तत्काल उडान सूचारु भएन भट्टराईले भने, त्यही भएर म शुक्रबार बिहान दिल्ली लखनउको उडान हुँदै सडकमार्गबाट नेपालगंज जानेछु , त्यहाँबाट काठमाडौं पुग्नेछु ।
दिल्ली वृतका राजनीतिक नेता र सरकारका विशिष्ट पदाधिकारीसँग भेटवार्ता गरेर डाक्टर भट्टराई ५ दिनपछि काठमाडौं आउन लागेका हुन् ।
दिल्लीमा अलपत्र परेका बाबुराम लखनउ हुँदै काठमाडौं आउने
