चैत २८, सुनसरी–सुनसरी जिल्लाको बराहक्षेत्र गाविसको धार्मिक तीर्थस्थल प्राचीन हरिद्वार चतरास्थित कोशिकी तटको जगत्गुरु श्रीरामानन्दाचार्य सेवापीठ क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो तथा ठूलो हनुमान मूर्ति स्थापना गरिएको छ ।प्राचीन हरिद्वार कुम्भ क्षेत्रका लागि पौराणिक देवदेवी र कुम्भस्तम्भ तथा कुण्डहरुको निर्माणका क्रममा हुनमानको मूर्ति स्थापना गरिएको हो । भारतको हरिद्वार परिदा आट्र्स केन्द्रका कलाकार श्रीफकिरचन्द्र परिदाले सो मूर्तिको निर्माण गर्नुभएको हो । भगवान् हनुमानको मूर्ति निर्माणका लागि भारत हरियाणा बहादुरगढ निवासी सोमदत्त शर्माको अगुवाइमा भारतको विभिन्न स्थानमा गएर हनुमान मूर्ति निर्माणकर्ताको खोजी गर्ने क्रममा फेला परेका कलाकार श्रीफकिरचन्द्रले तीन मेट्रिक टन फाइबर ग्लास प्रयोग गरेर सो मूर्ति तयार गरी चतरामा स्थापना गर्नुभएको हो ।