विश्वकप क्रिकेटमा एशियाली दुई हस्ती भारत र पाकिस्तान भिड्दै

फागुन ३,काठमाडौं- एक दिवसीय विश्वकप क्रिकेटमा अहिले दक्षिण अफ्रिका र जिम्बाबेविचको खेल चलिरहेको छ । ह्यामिल्टनको सेडन पार्कमा भईरहेको खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिले व्याटिङ गरीरहेको छ । विश्वकप क्रिकेटको सर्वाधिक अभागी टोली दक्षिण अफ्रिका एक दिवसीय विश्वकपमा पहिलो उपाधि जित्ने लक्ष्यकासाथ मैदानमा उत्रिएको छ ।

आजै दक्षिण एसियाका छिमेकी एवं प्रतिद्धन्द्धीहरु भारत र पाकिस्तान भिड्दैछन् । अष्ट्रेलियाको एड्लेडमा नेपाली समय अनुसार बिहान सवा ९ बजे विश्वकप क्रिकेटको दुई पटकको च्याम्पियन भारत र एक पटकको च्याम्पियन पाकिस्तान भिड्न लागेका हुन् । उता, आयोजकद्धय अष्ट्रेलिया र न्यूजिल्याण्डले शानदार सुरुवात गरेका छन् ।
अष्ट्रेलियाले मेलबर्नमा हिजो भएको खेलमा इङ्गल्याण्डलाई एक सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसैगरी क्राईष्टचर्चमा भएको उद्घाटन खेलमा न्यूजिल्याण्डले कोरी एन्डरसनको अलराउण्ड प्रदर्शनले श्रीलंकालाई ९८ रनले पराजित गर्‍यो । विश्वकप क्रिकेटको यो संस्करणमा सहभागी १४ टोली दुई समूहमा विभाजित भई लिग कम नकआउटको आधारमा खेलिरहेका हुन् । प्रत्येक समुहबाट शिर्ष ४ टोली क्वाटरफाईनलमा प्रवेश गर्नेछन् ।