चैत्र १८, काठमाडौ –शिक्षा मन्त्री चित्रलेखा यादवले नयाँ शैक्षिक सत्र शुरु भएको दुई हप्ता भित्र सबै विद्यार्थीले पुस्तक पाईसक्ने बताउनुभएको छ ब्यबस्थापीका संसद बैठकमा मंगलबार समयमै पाठ्यपुस्तक पुर्याउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएपछि बैठकमा जवाफ दिदै शक्षिा मन्त्री यादवले यो शैक्षिक सत्रमा विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन सरकारले हरप्रयास गरिरहेको बताउनुभयो । नयाँ शैक्षिक सत्र शुरु भएको दुई हप्ताभित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन आफु प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।