८७ वर्षको उमेर भनेको बसेर खाने उमेर हो । यो उमेरमा हम्मेसी कसैले पनि काम गरेर खान सक्दैन । त्यही भएर पनि मान्छे यो उमेरमा समाजसाग कुनै मतलव राख्दैन तर दोलखा जिल्लाको शैलुङ्गेश्वर–५, भौसे निवासी मुक्तिबहादुर कार्कीलाई यो उमेरमा परिवारको भन्दा पनि समाजको माया धेरै छ ।
उनको कपाल सेतै फुलेको छ । दाात कम छन् । उनको सहारा भनेको एउटा लठ्ठी हो । उनी लठ्ठी टेकेर गाउाघर डुलिरहेका हुन्छन् । दैनिक मन्दिरमा पूजा गर्न पुगेकै हुन्छन् । वृद्ध अवस्थामा पनि उनको जाागर देखेर गाउाले छक्क पर्छन् । उनी भौसे डााडामा निस्कने बित्तिकै सबैले सत्कार गर्छन् । उनको घरचाहिा भौसे डााडाबाट पााच मिनेट पर पर्छ । उनी बिहानीको मिर्मिरे उज्यालोसागै समाजसाग घुलमिल गर्न पुग्छन् । आफौले निर्माण गरेको भौसे चोकको शिव पार्वतीको मन्दिरको सरसफाइमा पुग्छन् ।
उनको स्वभाव पनि अचम्मको छ । उनको नाम मुक्तिबहादुर कार्की हो तर उनले आफ्नो नामको पछि राजदल राख्ने गरेका छन् । यो उनको उपनाम भने होइन । उनले विसं. २००५ मा तत्कालीन शाही नेपाली सेनामा जागिर खाएका थिए । उनी राजदल गणमा कार्यरत थिए । २० वर्षको सेनाको जागिरबाट अवकाश पाउादा उनी राजदल गणमै कार्यरत थिए । त्यही भएर उनले आफूले कार्य गरेको गणको सम्मान गर्दै गर्दै आफ्नो नामको पछाडि राजदल राख्न थाले । उनलाई अहिले पनि गाउाका सबैले राजदल बा भन्ने गर्छन् । भौसेमा उनले आफ्नै पहलमा मन्दिर बनाएका छन् । चौतारी पनि बनाएका छन् । सो चौतारोको नाम पनि सबैले राजदल चौतारो भन्ने गर्छन् ।
कतिपयले सेनामा काम गर्नेहरू समाजसेवा गर्न जान्दैनन् तर राजदल यस्ता व्यक्ति हुन्, जो समाजसेवाबिना बााच्नै सक्दैनन् । समाजसेवा उनको जीवनको पर्याय नै बनेको छ । उनी २०२१ सालमा सेवा निवृत्त भए । त्यसबेला उनले मासिक १० रुपैयाा पेन्सन पाउथो । उनी पेन्सनबाट आउने १० रुपैयाा पनि सामाजिक कामका लागि खर्च गर्थें । जुन काम उनले अहिले पनि जारी राखेका छन् । उनले अहिले मासिक ९ हजार पााच सय पेन्सन पाउाछन् । त्यो पैसा पनि प्राय: सबै समाजसेवामै खर्च गर्छन् ।
उनको परिवारले भेडा र भौसी पाल्ने गर्थे । सेनाको पेन्सनले नपुग्ने भएपछि उनले घरको भेडा र भौसी बेचेर पनि समाजको काममा खर्च गर्थे । उनले गाउामा धेरै पुल पुलेसा र कुलो बनाए । धेरै ठाउामा मन्दिर बनाए । महायज्ञ लगाए । उनले निजी खर्चमा फलाम पोखरीदेखि भौसैसम्म पुग्ने २ किलोमिटर बाटो बनाए । फलामपोखरी मन्दिर बनाए । उनले फलायााचौर खोला, भौसे खोला, पैति खोला, ढााट खोला र तमाखु खोलामा गरी ९ वटा ढुंगाको सााघु बनाए । उनले सााघु बनाउन अर्काे गाउाबाट ठुल्ठूला ढुंगा बोकाए, आफौले पनि बोके । उनी भन्छन्, ‘मेरो जिउ ढुंगा बोकेकाले फलामजस्तै भएको छ ।’ त्यही भएर होला उनी वृद्ध अवस्थासम्म पनि समाजसेवामा तल्लीन हुन सकेका । स्थानीयवासी प्रविण थपलियाले आफूले राजदलजस्तो समाजसेवी नभेटेको बताउाछन् । थपलिया पनि नेपाली सेनामै कार्यरत छन् ।
उनले सेनामै रहादा एसएलसी पास गरे । त्यही भएर रिटायर्ड भएपछि दुई वर्षसम्म भइसेको स्कुलमा २०२४ सालदेखि नि:शुल्क पढाए । उनका दुई छोराले खासै पढेनन् । तीन छोरीले पनि पढेनन् । तर उनी अरूका छोराछोरीले पढिदियोस् भन्ने गर्छन् । उनी केटाकेटी बाटोमा खेलेको देखे भने पनि पढ्न सम्झाउने गर्छन् । उनलाई सबैले समाजसेवी भन्ने गर्छन् । उनले सो मन्दिर निर्माण गर्न ओयाजित सप्ताहमा २० हजार एक सय पचपन्न रुपैयाा सहयोग गरे । त्यही भएर उनलाई फलामफोखरी मन्दिर जीर्णाेद्धारका लागि यही फागुन ८ देखि १६ गतेसम्म सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ताम्रपत्र दिएर सम्मान गरियो । गोपाल बराइली