माघ १६, काठमाडौँ-राष्ट्रपति रामवरण यादवले सहिदलाई सम्झँदै संविधान जारी गरी देशमा राजनीतिक स्थायित्व कायम राख्न सबैलाई आग्रह गरेका छन् । सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले शान्ति र विकासका लागि संविधान निर्माण अपरिहार्य रहेकोमा जोड दिए । उनले सहिदको सपना साकार पार्न मन, वचन र कर्मले सबै लाग्न जरुरी रहेको बताएका छन् ।
यस्तै, उपराष्ट्रपति परमानन्द झाले शान्ति, समृद्धि र लोकतान्त्रिक संविधानको निर्माण नै आज सबै नेपालीको आवश्यकता भएको बताए । प्रधानमन्त्री सुशील कोइरालाले पनि शुभकामना सन्देश दिँदैमा संविधान बनाउने अभियान छिटो पूरा गरी जनतालाई सुखी र समृद्ध बनाउने कार्यमा इमान्दारीपूर्वक सहभागी हुन सबैलाई अनुरोध गरेका छन् ।