चैत्र ११, काठमाडौ–पहिलो सहकारी महासम्मेलन राजधानीमा आजवाट सुरु हुादैछ । महासम्मेलनमा सहकारीको अवस्था र मोडलका विषयमा छलफल हुने बताइएको छ । तीन दिनसम्म चल्ने महासम्मेलनमा बेलायत, चीन, दक्षिण कोरिया, भारत, मलेसिया, श्रीलंका, थाइल्याण्ड, बङ्गलादेश, भूटानलगायत १२ देशका प्रतिनिधिको सहभागिता रहनेछ । महासम्मेलनले सहकारीका सेवा तथा उत्पादनलाई गुणात्मक वृद्धि गर्ने गरी रोजगारी सिर्जना गर्न सहयोग पुग्ने सहकारी विभागले जनाएको छ । सम्मेलनमा ७ सय ५० सहकारीकर्मीको उपस्थिति रहने छ । महासम्मेलनको अपरान्ह राष्ट्रपति डाक्टर रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।