परीक्षा दिन जाँदा बच्चा जन्मियो

चैत, १० काठमाडौं – एसएलसी परिक्षा दिन जाँदा बाजुरामा एक महिलाले बाटोमैं बच्चा जन्माएकी छिन । बैह्मतोला गाविसस्थित पशुपति उच्च मावि परीक्षा केन्द्रमा हिजो परिक्षा दिन जाँदै गरेकी कैलाशमाडौ–१ जारागाँउकी कल्पना बुढाले बाटोमै बच्चा जन्माएकी हुन । बच्चा पाएलगतै उनलाई बोकेर परीक्षा केन्द्रमा लगिएको स्थानिय प्रहरीले बताएको छ । १५ बर्षिय कल्पनाले परीक्षा दिएको जनाइएको छ । छोरा जन्माएकी कल्पना अविवाहित रहेकाले उनले जन्माएको बच्चा कसको हो भन्ने कुनै जानकारी खुल्न नआएको प्रहरीको भनाई छ ।