केन्याद्धारा नेपाल १५ रनले पराजित

माघ १०,काठमाडौं -आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को अन्तिम खेलमा नेपाल केन्याद्धारा १५ रनले पराजित भएको छ । नामिबियामा सम्पन्न तेश्रो स्थानका लागी भएको खेलमा नेपालले २ सय ९ रनको लक्ष्य पाए पनि सबै विकेट गुमाएर जम्मा १९४ रनमा समेटीन पुग्यो । यसअघि हिजो नै नेपाल केन्यासँग ५ विकेटले पराजित भएको थियो ।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ७३ रनको जोड्न सफल भएभने उपकप्तान ज्ञानेन्द्र मल्लले ४८ रन बनाए । त्यस्तै ओपनर सागर पुन ११ रनमा आउट भए भने सुवास खकुरेल १० मात्र जोडे । पहिलो बलमै कप्तान पारस खड्का आउट भएका थिए। यस्तै ५ बल खेलेका आरिफ सेखले ५ रन बनाए। सोमपाल कामी ४ बल खेलेर शून्य रनमा आउट भए।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपाललाई  केन्याले ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो। उसका लागि नेल्सन ओधिआम्बोले सर्वाधिक ४८ तथा नरेन्द्र पटेलले ४४ रनको योगदान दिए। यस्तै राकिप पटेलले ३२ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका थिए।