बन्द नेपाली जनताको भावना र चाहनाविरुद्ध हो– उपसभापति पौडेल

पौष २९,काठमाडौं- नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा ९माओवादी० को नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धन नेपालले आयोजना गरेको बन्द नेपाली जनताको भावना र चाहनाविरुद्ध रहेको बताएका छन् । एनेकपा ९माओवादी०बाट बन्दको आयोजना गरेर राष्ट्रलाई अवरुद्ध गर्ने काम भएको छ, जुन अनुचित कार्य हो, सडक आन्दोलन र संविधानसभाको बैठक बहिष्कार कस्को विरुद्ध गरिएको हो रु” भनी उनले प्रश्न गरे । संविधानसभालाई नै त खत्तम पार्न खोजिएको होइन भनी आशङ्का व्यक्त गर्दै उपसभापति पौडेलले सबै राजनीतिक दलले आ–आफ्ना माग र भनाइ सडकमा होइन, संविधानसभाको बैठकमा राख्न सुझाव दिए । नेपाली जनताले संविधान बनाउन पठाएका राजनीतिक दल सडकमा आन्दोलनमा उत्रनु कत्तिको सुहाउँदो विषय हो भन्दै उनले संविधानमा देखिएका विवादित विषयलाई सहमतिमा रूपान्तरण गर्ने आज पुस २९ गतेको दिन बन्दको आयोजना गर्नुको औचित्य नरहेको धारणा पनि व्यक्त गरे ।