चैत्र १, काठमाडौ–नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले दलहरुबीच भएको पुर्ब सहमिति अनुसार ६ महिनाभित्रै स्थानीय निकाएको निर्वाचन गराउनु पर्ने बताउनु भएको छ । उहांले निर्वाचन आयोग चुनाव गराउन तयार भैसकेकाले सरकारले तत्काल मिति घोषणा गरी चुनावको तयारी थाल्न सुझाव समेत दिनुभयो । पछिल्लो समय एकीकृत माओवादी र नेकपा माओवादीले स्थानीय निकाय निर्वाचनको बिरोधमा साझा धारणा बनाएपछि एमाले नेता नेपालले दलहरुले पूर्व प्रतिबद्धता अनुसार निर्वाचनमा अगाडी बढ्नुपर्ने बताउनुभयो । एक संचार मा्रध्यमसंगको कुराकानीमा नेता नेपालले एक बर्षभित्र संबिधान बन्ने ठोकुवा पनि गर्नुभयो ।