पौष २६, काठमाडौं – शीर्ष दलहरुले एकपछि अर्को गदैृ सहमतीका लागी कदम चालेपनि निष्कर्ष निस्कन नसकिरहेका बेला आज पनि छलफल हुने बताइएको छ । दलहरुको विवाद मिलाउने जिम्मा संवाद समितिलाई फिर्ता पठाएका दलहरुले आज पनि छलफललाईनिरन्तरता दिन लागेका हुन् ।
आज दुईपक्षीय, त्रिपक्षीय र चारपक्षीय छलफल गर्ने दलहरुको तयारी छ । अहिले केहीबेरमा सत्तारुढ दुई दलबीच पहिले छलफल हुने जनाइएको छ भने त्यसपछि संविधानसभामा प्रतिनिधित्व गर्ने साना दलहरुसँग छलफल हुन लागेको नेताहरुले बताएका छन् । साना दलसँगको छलफल बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा हुने प्रधानमन्त्रीका पे्रस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो । यस्तै कांगे्रसले छुट्टै पनि मधेसी दलहरुसँग छलफल गर्ने भएको छ भने एमाले र एकीकृत माओवादीबीच पनि छुट्टै छलफल हुने नेताहरुले बताएका छन् ।