फागुन २९,काठमाडौं– संविधानसभा नियमावली मस्यौदामा भएका केहि प्रावधिक त्रुटी सच्याई आज संविधानसभामा पेस गरिदैछ । एक महिना लगाएर सहमती गरि तयार गरिएको मस्यौदामा केहि त्रुटी भए त्यसलाई सच्याउनका लागि हिजोसम्म छलफल भएको थियो । पुर्णरुपमा तयार मस्यौदालाई आज संविधानसभा बैठकमा अन्तिम प्रतिवेदनका रुपमा पेस गरिन लागेको मस्यौदा समितिका संयोजक लक्ष्मणलाल कर्णले बताए । आज दिउसो बस्ने संविधानसभाको बैठकमा उतm तयार मस्यौंदालाई पेश गरिनेछ । तयार मस्यौंदालाइृ संविधानसभा बैठकमा पेस भएपछि सम्पुण सभासदहरुलाई छलफलका लागि वितरण गरिनेछ । संविधानको प्रमाणीकरण कसले गर्ने, संविधानसभामा ककस गठन गर्न पाउने कि नपाउने र राजनितिक दलहरुले ह्विप जारी गर्न पाउने नपाउने बिषयमा विवादका कारण लामो समयपछि मस्यौदा तयार भएको हो । तयार भएको मस्यौदालाई संबिधानसभाबाट पारित गरिपछि संविधान निर्माणको काम अघि बढ्नेछ ।