पोखरा–पोखरा कप फुटबल प्रतियोगिता आजदेखि पोखरा रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा सरस्वती क्लब, काठमाडौं र झापाको रोलिङ क्लब भिड्दैछन् । प्रतियोगितामा हङकङको एभरेष्ट क्लब तथा भुटानको बीसीएफसीसहित नेपालका विभागीय गरी १२ टिमको सहभागिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेताले ३ लाख ५५ हजार रुपयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख १ हजार रुपैयाँ नगद पुरस्कार पाउने कास्की जिल्ला फुटबल संघका अध्यक्ष धर्मबहादुर लामिछानेले जानकारी बताए । लामिछानेका अनुसार सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पुरस्कार पाउने छन् भने उत्कृष्ट फर्वाड, डिफेन्डर, गोलकिपर, मिडफिल्डर र प्रशिक्षकले जनही १५ हजार रुपयाँ पुरस्कार पाउनेछन् ।
आजदेखि सुरु भो पोखराकप फुटबल
